क्रान्ति केन्द्र सम्वाददाता
राजविराजको हटिया अतिक्रमण गरी बनाइएको संरचनामाथि राजविराज नगरपालिकाले डोजर चलाएको छ । शुक्रबार(आज) दिउँसो नगरपालिकाले डोजर चलाउँदै अवैध रहेका संरचनाहरूलाई भत्काएको छ ।
बुधबार राजविराज- ७ नम्बर वडा कार्यालयले सुचना जारी गर्दै दुई दिनभित्र हटियावासीले ओगटेको १० फिटे जग्गालाई अतिक्रमण गरेको भन्दै खाली गर्न भनेका थिए । तोकिएको समयसीमा भित्र अतिक्रमण गरि बनाएको संरचना नहटाए डोजर लगाएर खाली गर्ने चेतावनी दिएका छन् ।
शुक्रबार दिउँसोसम्म नहटाइएको संरचनालाई नगरपालिकाले डोजर लगाएर भत्काउन सुरु गरेको छ ।