क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । कोशी नदीबाट पीडित भएकाहरूले सरकारले क्षतिपूर्ति नदिएको भन्दै आन्दोलन गर्ने घोषणा गरेका छन् ।
बुधबार राजविराजमा कोसी नदी कटान डुबानपीडित संघर्ष समिति सप्तरी, सुनसरी र उदयपुरले पत्रकार सम्मेलन गर्दै मुआब्जाका लागि साउन २३ गतेदेखि ब्यारेजमा आन्दोलन गर्ने घोषणा गरेका छन् ।
सरकारको पटकपटक ध्यानाकर्षण गराउँदा पनि क्षतिपूर्ति नदिएको भन्दै संघर्ष समितिका संयोजक महिदेवप्रसाद चौधरीले आगामी साउन २३ गतेदेखि आन्दोलन शुरु गर्ने बताए ।
बिक्रम सम्बत २०११ मा कोशी ब्यारेज स्थापना हुँदा पानीको बहाबले जग्गामा लागेको बाली क्षति भएमा भारत सरकारले दिने सम्झौता भएको थियो ।
सम्झौता अनुसार दुबै देशका सर्वेक्षक, सम्बन्धित कार्यालयका अधिकृतले ७ हजार ६३३ बिगाहा ८ कट्ठा २ धुर जग्गाको क्षतिपूर्ति दिन सिफारिस गरेका थिए । कोशीको बाढीले सप्तरी, सुनसरी र उदयपुरका बासिन्दा पीडित रहेको संयोजक चौधरीले
बताए ।