क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीमा आफ्नै श्रीमानको कुटाईबाट श्रीमतिको मृत्यु भएको छ । जिल्लाको महादेवा गाउँपालिका-२ अकबरपुरका ३५ बर्षीय रामरुप खंगले आफ्नै श्रीमति ३० बर्षीय पार्वती देवी खंगलाई कुट्दा सोमबार उनको मृत्यु भएको हो ।
आइतबार घरायसी विवादको कारण उनीहरू बिच झैं झगडा हुँदा रामरुपले पार्वतीलाई निर्घात कुटपिट गरेका थिए ।
उनीहरूको झगडा छुटाउन गएकी आफ्नी आमा समतोलिया खंगलाई समेत रामरुपले निर्घात कुटपिट गरेका थिए ।
उनका कुटपिटबाट गम्भीर घाइते भएकी दुवैजनालाई उपचारको लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल ल्याएको थियो ।
उपचारको क्रममा पार्वतीको मृत्यु भएको र समतोलियाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।
रामरुपलाई नियन्त्रणमा लिई कर्तव्य ज्यान सम्बन्धी कसुरमा सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान सुरु गरिएको डिएसपी सिंहले बताए ।