क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीमा ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार बिहान प्रहरीले शम्भुनाथ नगरपालिका-५ मोहनपुर बस्ने २५ वर्षीय शिव कुमार सदा, ४० वर्षीय उमेश सदा र ३२ वर्षीय श्री नारायण सदालाई पक्राउ गरेको हो ।
सोही वडास्थित नर्सरीमा ती महिलालाई शनिबार राति पाँच जनाले जबरजस्ती करणी गरेको उजुरीको आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीको प्रधान कार्यालयले जनाएको छ । घटनमा संलग्न अन्य २ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।