यस क्रान्ति केन्द्र दैनिक पत्रिकाले आज आफ्नो प्रथम बार्षिकोत्सव मनाउँदै छ । एक बर्ष अघि आजकै दिन क्रान्ति केन्द्रको पहिलो अंक प्रकाशन भएको थियो । समय कति चाँडै बित्दो रहेछ । हेर्दाहेर्दै हामीले एक बर्ष पुरा गर्यौं ।
संख्याको आधारमा थुप्रै पत्रिकाहरु छन्, त्यसबिच हामीले एउटा अझै पत्रिका संचालन गरिरहँदा मात्र संख्या थप्न आएको पनि लाग्न सक्छ होला् । यद्यपी हामी भन्ने सत्यतथ्य सहितको प्राप्त सुचना दैनिक रुपमा यहाँ माझ प्रस्तुत गर्ने कुरामा विश्वस्त थियौं र छौं ।
यस एक बर्षको अवधिमा चुनौतीहरु नआएको होइन् । आर्थिक संकट, जनशक्ति अभावदेखि व्यवस्थापनसम्मा समस्या आएकै हो । यद्यपी स्रोत साधनको अभावको प्रभाव कुनै किसिमले समाचारमाथि पर्न नदिन् हामी सदैव तत्पर रह्यौं र रहने छौं । हाम्रो यात्रामा थुप्रै समस्याहरु आउन सक्छ र त्योसँग कम्प्रोमाइज गरेपनि समाचारको सत्यतामा कमप्रोमाइज नगर्नेमा हामी दृढ छौं ।
हामी थप स्रोत साधनको व्यवस्था गरि पत्रकार आचारसंहिताको पूर्ण रुपमा पालना गर्दै बढी भन्दा बढी सुचना यहाँहरु समक्ष पुर्याउने लक्ष्यमा लागेका छौं । हामी सदैव जनहितको लागि काम गरिरहने छौं । यसमा हामीहरुलाई तपाईंहरुको साथको अत्यन्तै आवश्यकता छ । तपाईंहरूको विचारले हामीलाई प्रभाव पार्ने भएकोले आफ्नो विचार हामीहरूसँग साट्दै रह्ननु होला् ।
हाम्रा पाठक र शुभेच्छुको साथले हामीले सहजै रुपमा एक वर्ष पुरा गरेका छौं । यहाँ सबैप्रति हार्दिक आभार व्यक्त गर्देै निरन्तर साथको अपेक्षा गर्दछौं ।