क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको राजविराज नगरपालिका-११ झलही स्थित बिहिबार एक जना पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ ।
स्थानियले प्रहरीलाई खबर गरेपछि राजबिराज नगरपालिकाको ट्राक्टरले शवलाई पोष्टमार्टको लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्प्ताल ल्याएको र घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।