क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिका-१२धर्मपुर टोलमा एक नाबालिकाको सामूहिक बलात्कार भएको छ । गत शुक्रवार राति १७ वर्षीया नाबालिकामाथि सामूहिक बलात्कार भएको हो ।
बलात्कार घटनामा संलग्न चार जनालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय कञ्चपुरका प्रहरी नायव उपरीक्षक दिपककुमार राईले जानकारी दिए ।
पक्राउ पर्नेमा सोही वडाका ४१ वर्षीय कैलाश पोखरेल, २४ वर्षीय सुदिप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दिपेश सुबेदी रहेका छन् ।
प्रहरी श्रोतका अनुसार वयानको क्रममा कैलाशले नै सुदिप, मनोज र दिपेशलाई बलात्कार गर्न निर्देशन दिई आफ्नै अगाडी बलात्कार गर्न लगाएको पाइएको छ ।