क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण अस्पतालको समाजिक सेवा इकाईबाट एक वर्षमा २ हजार ७ सय ३९ जना लाभान्वित भएका छन् ।
सामाजिक सेवा इकाईले शुक्रबार आर्थिक बर्ष २०७९/०८०को बार्षिक समीक्षा कार्यक्रम आयोजना गरि सार्वजनिक गरेको प्रगति प्रतिवेदन मार्फत उक्त जानकारी दिएका छन् ।
लाभान्वित हुनेमा गरिब १ हजार ९ सय १३ जना, असाहाय २७ जना , अपागंता भएको व्यक्ति २२ जना, ७ सय ३५ जना जेष्ठ नागरिक र अन्य ४२ जना रहेका छन् । उनीहरूले उपचारको क्रममा जाँच, औषधी तथा बेड चार्ज लगायतकामा पुर्ण वा आशिंक छुट पाएका छन् ।
उक्त तथ्याङ्क २०७९ साउन १ देखि अषाढ २४ गते सम्मको रहेको जनाइएको छ ।
समाजिक सेवा इकाईका प्रमुख सुर्यकान्त झाले यस इकाई अन्तर्गत गरिब, विपन्न्, अति विपन्न, असाहाय, जेष्ठ नागरिक, पीडित लगायतका व्यक्तिहरुलाई सेवा प्रदान गर्ने गरिएको बताए । ‘गरिब, विपन्न्, अति विपन्न, असाहाय, जेष्ठ नागरिक जस्ता एघार किसिमको क्रायटएरियामा पर्ने बिरामीलाई सेवा प्रदान गर्ने गरिन्छ,’ उनले भने, ‘अवस्था र आवश्यकता हेरेर उपचार, चेकजाँच र औषधिमा पुर्ण वा आशिंक रकम छुट दिने गरिन्छ ।’