Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

नाका जोड्ने मुख्य सडकमा तीन दशकदेखि पटकपटक कटान्, सरोकारवाला छैनन् गम्भीर

नाका जोड्ने मुख्य सडकमा तीन दशकदेखि पटकपटक कटान्, सरोकारवाला छैनन् गम्भीर

प्रवेश कुमार बाबुल

राजविराज । सप्तरी जिल्लाको सदरमुकाम राजविराजलाई जिल्लाकै मुख्य नाकासँग जोड्ने मुख्य सडकखण्ड हो राजविराज-कुनौली सडकखण्ड । यद्यपी यस सडकप्रति सरोकारवाला निकाय उदासिन देखिएका छन् ।
वर्षायाम सुरु भएसँगै यस सडकखण्ड अन्तर्गत राजविराज भंसार कार्यालय भन्दा करिब २०० मिटर पुर्व सडकमा कटान लाग्ने गर्छ । कटान् लागेसँगै गाडी आवतजावतमा त रोक लागिन्छ नै पैदल आवतजावत गर्न पनि अपठ्यारो हुन्छ । गतवर्ष बाढी आउँदा त्यहीँ कटान् लागेको बेला नदि पार गर्न खोज्दा स्थानीय दुई जना भासिएर वेपत्ता भएका थिए ।
कटानको कारण उता पुर्व पट्टिका आधा दर्जनभन्दा बढी गाउँका बासिन्दाहरुलाई सदरमुकाम पुग्न पनि अति नै कठिनाई खेप्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । ‘कटान् लागेपछि त राजविराज पुग्न पनि उता हनुमाननगरबाट घुमेर जानुपर्छ, यताबाट गएँ १० किलोमिटर कम पर्नेबाटो उता बढी जानुपर्छ,’ एक जना स्थानीयले भने, ‘इमर्जेन्सीको बेला त झन धौधौ हुन्छ ।’

रोकिए मालबाहक गाडीहरु 

भारतबाट कुनौली हुँदै आएका मालबाहक गाडीहरु राजविराज भंसार कार्यालय पुग्ने मुख्य बाटो यही हो । यसबर्ष पनि बर्षा हुँदा नदिमा आएको बाढीले सडकमा कटान लागेको छ । कटान लागेपछि ती गाडीहरु उतै रोकिन पुगेको स्थानीय एक व्यवसायीले बताए । ‘भारतबाट ल्याउने सामान अषाढ देखी कार्तिकसम्म बन्द नै हुन्छ,’ एकजना व्यवसायीले भने, ‘यसबाट व्यवसायी र सर्वसाधारणलाई मात्रै होईन्, सरकारको राजश्वमा समेत क्षति पुग्ने गरेको छ ।’ कटानको कारण २/३ दिन अगाडि त्यहाँ ईट्टा बोकेको एक ट्याक्टर झण्डै दुर्घटना हुन लागेको उनले सुनाए ।

तीन दशकदेखि कटानको समस्या

सडकमा कटान लाग्ने यो समस्या तीन दशक भन्दा बढी समयदेखि रहेको तिलाठीकोइलाडी गाउँपालिका वडा नं १का वडाध्यक्ष दिनेश्वर मिश्रले बताए । त्यहाँ भएर बग्ने खाँडो र जिता नदिको बहावको सहि रुपले व्यवस्थापन नहुँदा निरन्तर यो समस्याले स्थानीयलाई सास्ती दिँदै आएको उनले बताए । ‘गत बर्ष त्यहाँ कटान लाग्दा मैेले आफ्नै लगानीमा त्यहाँ माटो र ढुंगा राखेर आवतजावत गर्न बनाएका थिएँ,’ उनले भने, ‘कटान लाग्ने ठाउँ हाम्रो वडाको सिमामा पर्दैन्, त्यो हनुमाननगर कंकालिनी नगरपालिकाको १४ नम्बर वडा हो तर भारतमा हाम्रा वडावासी धेरैजनाको आफन्तहरु छन्, उनीहरु पनि अपठ्यारोमा पर्छन्, त्यसैले मर्मत गरि बाटो आवतजावत गर्न सक्ने बनाएका थिएँ ।’

हनुमाननगर कंकालनी नगरपालिका-१४ का वडाध्यक्ष कृष्णा यादव(कृष)ले यसमा सम्बन्धित निकायले ध्यान नदिँदा ३/४ महिना रम्पुरा मलहनियाँ, हनुमाननगर, बनरझुला, भारतीय व्यापारी र पर्यटकलाई सास्ती खेप्नुपर्ने गरेको बताए । ‘नगरपालिकाबाट समेत यस बिषयमा सडक बिभागलाई पटकपटक ध्यानाकर्षण गराई सकेका छौं,’ वडाध्यक्ष यादवले भने, ‘तर सम्बन्धित निकायको अहिलेसम्म यतातिर ध्यान केन्द्रीत  भएको छैन ।’

उनले नगरपालिकाबाट त्यहाँ मर्मत सम्भार गरिए पनि सडक बिभागबाट ठोस् निराकरण हुनु जरुरी रहेको बताउँदै उनले सम्बन्धित निकायलाई यसमा ध्यानदिन आग्रह गरे ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology