Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान ब्यारेज कृषि मन्त्रालय गजेन्द्रनारायण सिंह अस्पताल asyhanitab gaupal;ikla bhrastachar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

बजेट सिध्याउन भ्याइनभ्याई, कर्मचारी, ठेकेदारदेखि जनप्रतिनिधिसम्म व्यस्त 

बजेट सिध्याउन भ्याइनभ्याई, कर्मचारी, ठेकेदारदेखि जनप्रतिनिधिसम्म व्यस्त 

श्रवण वत्स/ प्रवेश कुमार बाबुल

राजविराज । सप्तरीका स्थानीय तहहरुमा अहिले बजेट सिध्याउन भ्याइनभ्याई भएको देखिएको छ । गत आइतबार महालेखा नियन्त्रक कार्यालयले सबै कोलेनिका र प्रलेनिकालाई पत्र पठाउँदै असार २४ गतेपछि भुक्तानी रोक्न निर्देशन दिएपछि अधिकांश स्थानीय तहका कर्मचारीहरुको व्यस्तता अहिले चरम सिमामा पुगेको छ । अहिले ठेकेदार, उपभोक्ता समिति तथा नेताहरु काम सकाउन, बिल भरपाई बनाउन तथा पालिका ओहोरदोहरामा एकदमै व्यस्त छन् ।

आर्थिक वर्षको एघार महिनामा आधा बजेटको काम गर्न नसकेका यिनीहरू अहिले अन्तिम समयमा बजेट सिध्याउन मात्र लागि परेको स्थानीयहरुको आरोप छ ।

आइतबारसम्म मात्र भुक्तानी भेट्ने भएकोले कतिपय कामहरु अधुरै हुँदा समेत बिल भरपाई पालिकाहरुमा पेश भइसक्ने गरेको स्थानीयहरू बताउँछन् । कतिपयमा त कामै नगरि भुक्तानी लिने दिने गरिएको पछिल्लो तथ्यांकले देखाएको छ ।

अषाढ आएसँगै कमिसनको बाँडफाँडको आधारमा उपभोक्ता समिति, ठेकेदारलाई काम दिने गरिएको स्थानीय युवाहरु बताउँछन् । ‘बर्षभरि पैसा बचाएर राख्छन्, अषाढ आएसँगै कमिसनमा, मिलिमतोमा काम बाँड्छन्,’ एक जना स्थानीय युवाले भने ‘ईन्जिनयर, हाकिम, शाखाका कर्मचारीदेखि जनप्रतिनिधिहरु समेतको प्रतिशतको हिसाबले हिस्सा हुन्छ बजेटमा ।’

अरु बेला अबेरसम्म कार्यलय नआउने कर्मचारीहरु अहिले विहानैदेखि अबेर रातिसम्म काममा लागेको देखिन्छ ।

अषाढ आर्थिक वर्षको अन्तिम महिना रहेको जानकारी हुँदाहुँदै पनि अन्य समयमा सुस्त र अहिले हतारमा काम गर्नुले अनियमितताको महसुस गराउने गरेको बुद्धिजिवी बताउँछन् । ‘अषाढ आर्थिक वर्षको अन्तिम महिना हो, त्यसमा वर्षायामको समयमा पनि हो, तर पनि यसमै आएर अधिकांश विकास निर्माणका कामहरू थालिन्छ,’ एक जना बुद्धिजिवीले भने, ‘यसले बजेट सकाउने र अनियमितता गर्ने सोच रहेको छरपष्ट हुन्छ ।’

स्थानीय तथा प्रदेश सरकारसमेतको अधिकांश बजेट अषाढमै खर्चिने प्रवृत्तिले कामको गुणस्तरलाई‌ अति नै न्युन बनाएको जानकार बताउँछन् । ‘अषाढमा हतारहतारमा काम गर्ने प्रवृत्तिले कामको गुणस्तरलाई एकदमै न्युन बनाएको छ,’ एक जना जानकारले भने, ‘र यस्तो हुनुमा राष्ट्रसेवक कर्मचारीदेखि सरकार चलाउने जनप्रतिनिधि सबै दोषी हुन् ।’

उनले जनताद्वारा जनतानाथि शासन गरिने यस व्यावस्थामा फेरि आमजनतालाई आन्दोलन गर्न नपरोस् भन्दै समयमै सरोकारवालाहरुलाई सचेत हुन चेतावनी  दिए ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र सम्वाददाता

क्रान्ति केन्द्र सम्वाददाता

संबन्धित समाचार

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

राजविराजमा सुनचाँदी पसलमा अनुगमन, टोलीमा आफै अन्यौलता

राजविराजमा सुनचाँदी पसलमा अनुगमन, टोलीमा आफै अन्यौलता

महासंघको कार्यवाहक सचिवमाथि आक्रमणको विभिन्न संघसंस्थाद्वारा निन्दा

महासंघको कार्यवाहक सचिवमाथि आक्रमणको विभिन्न संघसंस्थाद्वारा निन्दा

रूपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित नौ विरुद्ध भ्रष्टाचार मुद्दा

सीप सिखु आत्म निर्भर बनु ” भन्ने मुल नारा दिई तिन महिना देखि संचालित सिलाई कटाई तालिम सम्पन्न

सीप सिखु आत्म निर्भर बनु ” भन्ने मुल नारा दिई तिन महिना देखि संचालित सिलाई कटाई तालिम सम्पन्न

उद्घाटन भयो तर कहिले हुन्छ संचालन ?

उद्घाटन भयो तर कहिले हुन्छ संचालन ?

Natraj Technology advertisement

ताजा समाचार

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

हनुमाननगर जेल काण्डको ८२ वर्ष

हनुमाननगर जेल काण्डको ८२ वर्ष

राजविराजमा सुनचाँदी पसलमा अनुगमन, टोलीमा आफै अन्यौलता

राजविराजमा सुनचाँदी पसलमा अनुगमन, टोलीमा आफै अन्यौलता

महासंघको कार्यवाहक सचिवमाथि आक्रमणको विभिन्न संघसंस्थाद्वारा निन्दा

महासंघको कार्यवाहक सचिवमाथि आक्रमणको विभिन्न संघसंस्थाद्वारा निन्दा

रूपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित नौ विरुद्ध भ्रष्टाचार मुद्दा

सीप सिखु आत्म निर्भर बनु ” भन्ने मुल नारा दिई तिन महिना देखि संचालित सिलाई कटाई तालिम सम्पन्न

सीप सिखु आत्म निर्भर बनु ” भन्ने मुल नारा दिई तिन महिना देखि संचालित सिलाई कटाई तालिम सम्पन्न

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology