Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

मिथिलाञ्चलमा मनाइने ‘मधुश्रावणी पर्व’ सुरु

मिथिलाञ्चलमा मनाइने ‘मधुश्रावणी पर्व’ सुरु

श्रवण वत्स

राजविराज । अखण्ड शौभाग्यवति र पतिको दीर्घायुको कामना गर्दै मिथिलाञ्चलमा शुक्रबारबाट मैथिल महिलाहरुले मनाउने ‘मधुश्रावणी’ पर्व सुरु भएको छ । मधुश्रावणी सुरु भएको दिनलाई मौना पञ्चमी तथा नागपञ्चमी समेत भन्ने गरिन्छ ।

मिथिला संस्कार र परम्परा अनुसार नव–विवाहित मैथिल महिलाहरुका लागि ‘मधुश्रावणी’ महत्वपूर्ण पर्व मध्ये एक हो । १३ दिन सम्म मनाउने यो पर्व यस बर्ष श्रावण महिनाना पर्ने अधिकमास (मलेमास)ले गर्दा ४५ दिनको हुनेछ । यो पर्व नागमञ्चमीको दिनदेखी श्रावण शुक्ल तृतीया तिथिसम्म मनाइने गरिन्छ ।

पुजा गर्दै नवविवाहिता । फोटो: समाजिक संजाल

पर्वको एक दिन पहिले नव–विवाहित महिलाहरुको ससुराली पक्षबाट नयाँ लुगा, नाग–नागिन, चढाउँन र ब्रतालु महिलालाई खानको लागि फल–फुल, चाना, चामल गौर गढेर पठाउने गर्छन । त्यहि दिन ब्रतालु महिलाले विहानै देखी नुहाई धोईपछि लशुन प्याज, माछा, मासु नुन समेत नखाने गर्छिन । उनीहरूले आफ्ना ससुराली पक्षबाट पठाईएको फलफुल खान्छिन । त्यसदिनलाई मैथिली भाषामा नहाईखाइ भन्ने चलन छ ।

पर्व भरि हरेक दिन नव–विवाहिता महिलाहरु एकतृत भएर साँझाको समयमा आफ्ना घर–आँगन तथा गाउँभरि रहेका फुल र फुलको झाडी, दुबो, पान, बेलको पात लगायतको तोडेर ल्याउने गर्छन ।

त्यसलाई मैथिली भाषामा ‘फुल लोढब’ भन्ने गरिन्छ । बेलुकामा ल्याएको फुल त्यसको भोलिपल्ट कथा, बिनी र देवी देवता लगायत शिव पार्वतीको गीत सुनेर त्यहि फुल चढाउँने गर्छन ।

मधुश्रावणी व्रतमा राजा दक्षका हरेक छोरीका बारेमा चर्चा गर्नुका साथै, भगवान शिव लगायत नाग–नागिनको समेत कथा सुन्ने चलन रहेको छ । मधुश्रावणीको पहिलो दिन तथा मौना पञ्चमीको दिन माता मानसा देवीको पुजाका साथ–साथै माटोले बनाईएका नाग–नागिन र हातीका समेत पुजा गरिन्छ ।

गौरी पुजा गर्दै नवविवाहिता । फोटो: समाजिक संजाल

पुजा गर्दै नवविवाहिताहरु । फोटो : समाजिक संजाल

मैथिल महिलाहरुले सामाजिक सांस्कृतिक परम्परामा आधारित ‘मधुश्रावणी’ पर्व नव–वैवाहिक जीवनको प्रवेशमा पहिलो वर्ष धुमधामसाथ मनाइन्छ । बर्षा ऋतुमा सर्पको भूमि (जमिन)मा आगमन र वितरणले मानव जीवन त्रसित हुनाले नाग–नागिनको साथै शिव–पार्वतीको पूजामा केन्द्रित रही मनाउने गरिन्छ ।

नारी जीवनमा पतिप्रतिको स्नेह, सौहाद्रव्ततालाई प्रगाढ बनाउन प्रेरित गर्दछ भने सर्पका वंशको बारेमा चर्चित कथाहरुले नागको पूजा गर्ने भावनालाई अभिप्रेरित गर्ने जनविश्वास रहेको छ ।

तृतीया तिथिको दिन तथा अन्तिम दिनलाई मधुश्रावणी भन्छ । त्यसदिन फेरी ससुराली पक्षबाट ब्रतालु महिलाको लागि खाने देखी लिएर लगाउने लुगा समेत पठाउने गर्छन र पतिको साथै त्यसदिन फेरी विवाह हुने गर्छन ।

शिव पुराणको प्रसंगअनुसार मधुश्रावणी नामक नव–विवाहीता शिवलाई आफ्नो पतिलाई कुष्ठरोग भएको व्यथा सुनाएका थिए । भगवान शिवले उनलाई यस प्रकारको व्रत गर्न सुझाव दिएका थिए । व्रत गरेपछि उनको पति स्वस्थ्य भएका थिए । त्यसै दिनदेखी प्रत्येक बर्ष नवविवाहित महिलाहरुले यसलाई वैधव्य रक्षार्थ अनुपालन गर्दै परम्परागत रुपमा मनाउँदै आएको बुझिन्छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology