क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । संसद् अवरोधले मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय भएपछि सप्तरीका मिटरब्याज पीडितहरु सडकमा उत्रेका छन् ।
जिल्लाका विभिन्न स्थानबाट सदरमुकाम राजविराज आएर पीडितहरूले बिहिबार विभिन्न नारा लगाउँदै र्याली निकालेका हुन् ।
मिटर ब्याजी पीडित सघंर्ष समितिको नेतृत्वमा निकालिएको उक्त र्यालीमा उनीहरूले सुधखोर संरक्षक मिटर ब्याजी सांसद मुर्दावाद, नेपाल सरकार जिन्दावाद, मिटर ब्याज पीडितहरुलाई न्याय देउ लगायतका प्लेकार्ड बोकेका थिए ।