क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-३ स्थित अवरुद्ध सडक खुलाउने क्रममा प्रहरीले लाठीचार्ज तथा एक राउन्ड हवाई फायर गरेको छ ।
प्रत्येक वर्ष बाँध कटान हुँदा पनि सरकार गम्भीर नरहेको भन्दै बुधबार दिउँसो स्थानीय बासिन्दाले पूर्वपश्चिम राजमार्ग अन्तर्गत पोर्ताहाको महुली पुल नजिकै सडक अवरुद्ध बनाएका थिए ।
‘महुली नदीको बाँध भत्किएर प्रत्येक बर्ष बाढी बस्तीमा पस्छ, यस वर्ष पनि बाँध कटान हुन थालेको छ,’ एक जना स्थानीयले भने ‘तरपनि स्थानीय सरकार लगायत सम्बन्धित निकायले बाँध नियन्त्रणमा चासो दिएको छैन् ।’
सडक खुलाउन गएका प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीले हवाई फायर गरेको जनाइएको छ ।
सप्तरीका एसपी नरेन्द्र कुमार कार्कीले अहिले राजमार्ग सञ्चालन भएको बताएका छन् ।
गएराति देखि आज दिउँसो सम्म सप्तरीमा भएको बर्षाले नदिमा पानीको चाप बढेको छ ।