श्रवण वत्स
सप्तरीको सदरमुकाम राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालको पानी निकास नहुँदा काम काज प्रभावित भएको छ । मंगलबार रातिदेखी सुरु भएको अविरल बर्षाले अस्पाताल जल मग्न भएको छ ।
अस्पताल भित्र रहेको सिटी स्क्यान, एक्सरे र फार्मेसीमा पानी पस्दा कामकाज प्रभावित भएको अस्पतालका कर्मचारी सूर्यकान्त झाले बताए । फार्मेसीमा पानी पस्दा कति औषधिको पानीबाट क्षती भएको त्यसको यकिन हुननसकेको उनले बताए ।
ठेकेदारको लापरबाहीको कारणले यस्तो समस्या भएको उनले बताए । केही बर्षदेखी साह कन्स्ट्रक्सनले ठेक्का लिएर काम गर्दै आएको अस्पतालका नालाहरु तोडेपछी यस्तो घटना भएको प्रशासनले बताए ।
अस्पताल प्रशासनले पटक-पटक ठेक्केदारलाई समयमा ध्यानाकर्षण गराएपनि उनले ध्यान नदिदाँ यस्तो किसिमको घटना भएको प्रशासनले जानकारी गराए । पानीबाट अस्पतालको केही कर्मचारीको क्वाटरमा समेत पानी पसेर क्षति भएको छ ।