क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजका स्वतन्त्र विद्यार्थी युनियन सचिव सुनिल कुमार मण्डललाई ज्यान मार्ने धम्की दिएको छ ।
मंगलबार सचिव मण्डलले एक प्रेस विज्ञाप्ति जारी गर्दै सप्तरीको राजगढ गाउँपालिका -१ घरभई हाल राजविराज २ बस्ने दिलिप मण्डलले उनलाई ज्यानमार्ने धम्की दिएको बताएका छन् ।
‘यस महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको स्तर उन्नतिको लागि २०७९/०८०को समाजिक विकास मन्त्रालय मधेस प्रदेश बाट प्राप्त रकम रु५००००००/- बाट हाल यस क्याम्पसमा संचालन भइरहेको मर्मत तथा निर्माण कार्यको सन्दर्भमा सोधपुछ र जानकारीको लागि जाँदा विपक्षी जिल्ला सप्तरी राजगढ गा.पा. १ वडा नं. हाल ऐ. राजविराज न. पा. २ वडा बस्ने दिलिप मण्डलको मोबाइल नम्बर ९८२४७२२६०८ बाट म सुनिल कुमार मण्डल स्ववियु सचिवको फोन सम्पर्क गरीविभिन्न किसिमको गाली ग्लोज तथा अपशब्द भाषा प्रयोग गरि गुण्डागर्दी शैलीमा ज्यान मार्ने समेतको धम्कि दिएको हुँदा दोषी दिलिप मण्डल निज उपर कानुन अनुसार कडा सजाय सहित मुद्दा दायर गर्न माग गर्दछौं,’ जारी विज्ञप्तिमा भनिएको छ ।
उता दिलिपले भन्ने आवेषमा केही अपशब्द बोलेको स्वीकारे तर ज्यान मार्ने नियतले धम्की नदिएको उनले बताए । ‘मजदुरको ठेक्का मैले चलाउँदै थिए, सुनिल मण्डलले मजदुरसंग दुव्र्यवहार गरेर काम रोक्न जाँदा र त्यसको गाडा समेत तोड्दा मैले आवेसमा आएर उलाई कामको ठाउँमा बोलाएको हो । त्यो बिचमा केही अपशब्द प्रयोग भएको होला, तर मैले ज्यान मार्ने नियतले केही पनि भनेको होइन ।’ उनले भने ‘म नभएको बेला पटक पटक मजदुरसँग काम बन्द गर कामको स्टिमेट कहाँ छ देखा अनि मात्रै काम गर्न दिन्छु भन्थ्यौ, मजदुरले म त मजदुर हूँ, तपाईं ठेक्का लिएको ब्यक्तिसंग माँगनु भनेपछि त्यसको मासला बोक्ने गाडा समेत तोड दियो ।’