क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार स्थानीय तहहरुलाई अषाढ १० गतेसम्म अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ । यद्यपी सप्तरीका चारवटा स्थानीय तहले बजेट ल्याउने अन्तिम म्यादको १० दिन बितिसक्दा पनि बजेट ल्याउन सकेको छैन् ।
बजेट ल्याउन नसक्ने चारैवटा पालिकाहरु मध्ये ३ वटा नगरपालिका र एउटा गाउँपालिकवा रहेको छ । नगरपालिकाहरु मध्ये राजविराज, कञ्चनरुप, हनुमाननगर कंकालनी र गाउँपालिका मध्ये रुपनीले बजेट ल्याउन नसकेको हो ।
पालिका भित्र आपसी मतभेदले गर्दा ती स्थानीय तहहरूले बजेट ल्याउन नसकेको बुझिएको छ ।
राजविराज नगरपालिका सुचना अधिकारी सुरेन्द्र कुमार यादवले भने ‘आपसी कलहको कारण पालिकाभित्र निर्णय हुनसकेको छैन, हामी गृहकार्यमा छौं, यथासिघ्र बजेट ल्याउने छौं ।’
त्यस्तै, रुपनी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश कुमार यादवले ‘पालिका भित्र रहेको आपसी मतभेदको कारण समयभित्र बजेट ल्याउन सकिएन् । आषाढ महिना भित्रै बजेट ल्याउने गृहकार्यमा हामी जुटेका हौं ।’
हनुमाननगर कंकालनी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरिमोहन सुतिहारले ‘राजनीतिक व्यक्तिहरुसँग आपसी साझेदारी नमिलेर बजेट ल्याउन कठिनाई भएको हो । बजेट ल्याउने कार्यमा हामी जुटेका छौं । यसैमहिना भित्र बजेट ल्याउने हो ।’