क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीमा चट्याङ लागेर आइतबार एक जनाको मृत्यु भएको छ । खडक नगरपालिका-१० बेलहा बस्ने ४७ बर्षीय उमाकान्त साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नो खेतमा काम गरिरहेको अवस्थामा उक्त चट्याङ (प्राकृतिक बिधुतिय करेन्ट) लागी घाईते भएकोमा उनलाई उपचारको लागी गजेन्द्र नारायण सिङ अस्पताल राजबिराज ल्याएको थियो ।
चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषित गरेका थिए ।