क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । डेढ महिनादेखि उपचाररत रहेका राजविराज नगरपालिका-१३ बिषहरियाका प्रध्यापक डा. पंचदेव यादवको आइतबार राति निधन भएको छ ।
डेढ महिना अगाडि सडकमा गइरहँदा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका ६३ बर्षीय उनको बिराटनगर स्थित नोबेल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।
उनी महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजबिराजमा कार्यरत उनी मैथिली साहित्य परिषद राजबिराजका आजीवन सदस्य, नेपाल राष्ट्रिय प्राध्यापक संघ मधेश प्रदेशका अध्यक्ष, प्यावसन मधेश प्रदेशका प्राज्ञिक सल्लाहकार, प्याब्सन सप्तरीका पूर्व अध्यक्ष समेत रहेका थिए ।