क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको रुपनी गाउँपालिका- १ रायपुर टोल स्थित राजाराम यादवको खेतमा वैशाख ३१ गते जिल्लाको शम्भुनाथ नगरपालिका- २ बस्ने मो.तफेजुल मृत अबस्थामा फेला परेका थिए । सोही हत्यामा संलग्न शम्भुनाथ नगरपालिका- ७का २० बर्षीय दिलिप साहलाई अषाढ ११ गते पुर्पक्षको लागि कारागार चलान गरिएको छ ।
हत्या पश्चात फरार रहेका उनी जेठ १७ गते पक्राउ परेका थिए । उक्त मुद्दाको अनुसन्धान कार्य पुरा गरी अषाढ ८ गते जिल्ला सरकारी वकीलको कार्यालय सप्तरीमार्फत सप्तरी जिल्ला अदालतमा उनलाई पेश गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । अदालतले ११ गते दिलिपलाई कारागार चलान गर्न आदेश दिएकोमा उनलाई सप्तरी कारागार पठाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।