क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-२लौनियाँका वडाध्यक्ष कमल कुमार मंडलले कृषिका योजनाहरुलाई स्थानीय तहमा उपयोगी तरिकाले लागु गर्न आवश्यक रहेको बताएका छन् । शुक्रबार सोही वडामा २० औं राष्ट्रिय धान दिवसको अवसरमा ओम बहुउद्देश्यीय कृषि सहकारी संस्थाको सहयोगमा तिलाठीकोइलाडी गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘नेपाल कृषि प्रधान मुलुक हो, तर यहाँ कृषकलाई धेरै समस्याहरु छन् ।’
संघीय सरकारले योजनाहरु ल्याए पनि सहि तरिकाले कार्यन्वयन नहुँदा कृषको समस्या समाधान हुन नसकेको उनले धारणा व्यक्त गरे । उनले भने, ‘संघीय सरकारले ल्याएका योजना हरुलाई स्थानीय तहमा उचित तरिकाले कार्यन्वयन गर्नुपर्छ ।’
कार्यक्रमका प्रमुख अतिथि पालिकाकी उपाध्यक्ष फुल कुमारी साह, अतिथिहरु वडा नं १का वडाध्यक्ष दिनेश्वर मिश्र, वडा नं ३का वडाध्यक्ष रमेश कुमार मुखिया, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र यादव, कृषि शाखा प्रमुख उदयकान्त झा लगायतका व्यक्तिहरुको उपस्थिति रह्यो । कार्यक्रम पालिकाका कार्यक्रम अधिकृत राजेश झाले संचालन गरेका थिए ।
एक औपचारिक कार्यक्रम पश्चात त्यहाँ उपस्थित व्यक्तिहरुले सामुहिक रुपमा खेतमा धान रोपे र दही चिउरा खाए ।