क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीमा मेघको गर्जनले एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा छिन्नमस्ता गाउँपालिका-२मोहनपुरका नारायण सुतिहार रहेका छन् । मंगलबार बेलुका खेतमा काम गरिरहेको बेला मेघ गर्जन गर्दा उनी बेहोस भएपछि उनको मृत्यु भएको सोही वडाका वडाध्यक्ष सिकेन्द्र साहले जानकारी दिए ।
‘बेलुका पानी पर्ने बेलामा जोरले मेघ गर्जँदा उनी बेहोस भएको थियो, त्यसको आधा घण्टापछि उनको मृत्यु भयो ।’ उनले भने ‘ चट्याङ झरेको हुन सक्छ तर चट्याङ शरिरमा लागेको देखिएन ।’
मृतकको परिवारका अनुसार ‘हार्ट एटेक’ले उनको मृत्यु भएको हो । प्रहरी घटनास्थलमा पुगेर घटनाबारे अनुसन्धान गरिरहेको जनाइएको छ ।