क्रान्ति केन्द्र सम्वाददाता
समयमा कार्यालयमा उपस्थित नभएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका १०३ जना कर्मचारी कारबाहीमा परेका छन् ।
मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले सोमबार मन्त्रालयमा छड्के जाँच गर्दा सो क्रममा १० बजेर १५ मिनेटसम्म पनि कार्यालयमा उपस्थित नभएका कर्मचारी कारबाहीमा परेका हुन् ।
कारबाहीमा परेका कर्मचारीहरुको सोमबारको हाजिरीमा सचिव पुस्करले रातो लगाएको छ ।
कारबाहीमा पर्नेमा सहसचिव १ जना र उपसचिव २३ जना, शाखा अधिकृत ३६ जना र नासु ४१ जना तथा सहायकस्तरका कर्मचारी कारबाहीमा रहेका छन् ।