क्रान्ति केन्द्र सम्वाददाता
जनकपुरधाम । नेपालमा मंगलवारदेखि गर्मी केही कम हुने मौसमविद्ले अनुमान गरेका छन् ।
अरब सागरमा विकसित भएको बीपरज्वए आँधी र बङ्गालको खाँडीमा विकसित न्यूनचापीय अवस्थाका कारण आउँदो मंगलवारदेखि गर्मी घट्ने सम्भावना रहेको मौसमविद्ले जनाएको छ । यी दुई वटा प्रणालीले मनसुनी वायुलाई उत्तरतर्फ धकेल्न सहयोग गर्ने भएकाले मंगलबारबाट मनसुन नेपालमा प्रवेश गर्न सक्ने सम्भावना रहेको देखिएको छ ।
शनिबार मनसुन भारतको केरलाको सबै भागसहित कर्नाटकका केही भाग र बङ्गालको खाडीको पूर्व र उत्तरभागमा पुगेको छ । त्यहाँ आउँदो ४८ घण्टामा मनसुन थप सक्रिय हुने भारतको मौसम विभागको भनाई छ ।