क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । छिन्नमस्ता गाउँपालिका – ३स्थित भुपेन्द्र संस्कृत माध्यमिक विद्यालय सखडामा शुक्रबारदेखि दुई दिने निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ ।
मधेश प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र छिन्नमस्ता अस्पताल राजविराजको सहयोगमा दुई दिने निशुल्क कार्यक्रमक आयोजना गरिएको हो ।
छिन्नमस्ता अस्पताल राजविराजका मुटु रोग विशेषज्ञ, बाल-रोग विशेषज्ञ महिला तथा प्रसुति रोग विशेषज्ञ लगायतका विभिन्न रोग विशेषज्ञहरुद्वारा बिरामीलाई चेकजांँचका साथै नि:शुल्क औषधि लगायत विभिन्न सेवाहरु समेत प्रदान गरिने बताइएको छ ।
छिन्नमस्ता गाउँपालिका विद्यान्नद चौधरीको अध्यक्षता तथा जिल्ला जनस्वास्थ्य कार्यालय राजबिराजका प्रमुख दुनियालाल यादवको विशिष्ट तथा मधेश प्रदेश स्वास्थ्य मंत्रालय सचिव डा. प्रमोद यादबको प्रमुख आतिथ्यमा एक कार्यक्रम बिच कार्यक्रम शिविरको उद्घाटन गरिएको थियो ।
सो कार्यक्रममा छिन्नमस्ता अस्पताल राजबिराजका प्रमुख, गाउँलालिका उपाध्यक्ष राजोदेवी यादव, गाउँपालिका प्रशासन प्रमुख स्वास्थ्य चौकी ईन्चार्ज लगायत सबै वडाका वडा अध्यक्षको उपस्थिति रहेको थियो ।
।