क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका-१ तिलाठीमा सरस्वतीको भव्य मन्दिरको शिलान्यास गरिएको छ ।
मधेश प्रदेशको निवर्तमान अर्थमन्त्री शैलेन्द्र प्रसाद साहको पहलमा भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन कार्यालय सप्तरी मार्फत ४० लाखको लगानीमा निर्माण शुरु गरिएको उक्त भवनको विहिवार शिलान्यास गरिएको हो ।
तिलाठीमा सरस्वती पुजाको क्षण्डै एक सताब्दी पुरानो इतिहास रहेको स्थानीय बताउँछन् । तिलाठीस्थित रहेको सरस्वतीको पुरानो मन्दिरलाई भव्य रुपमा निर्माणको लागि एक करोड ३० लाखको लागत अनुमान तयार पारिएको तिलाठी निवासी जसपा नेता निरज मुक्तिले जानकारी दिए । ‘मन्दिरलाई भव्य रुपमा निर्माण गर्ने योजना रहेको छ, सोको लागि एक करोड ३० लाख लागत खर्च अनुमान गरिएको छ,’ उनले भने ‘अहिले ४० लाखमा निर्माण सुरु गरिएको हो । थपको लागि लगानी कर्ताको खोजी भइरहेको छ, ऐतिहासिक भव्य मन्दिर निर्माण हुनेछ ।’
शिलान्यास कार्यक्रममा निर्वतमान अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, तिलाठी कोइलाडी गाउँपालिकाका उपाध्यक्ष फुल कुमारी साह, सोही वडाका वडाअध्यक्ष दिनेश्वर मिश्र, जसपा नेता निरज मुक्ति लगायतका स्थानीयहरुको उपस्थिति रहेको थियो ।