क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । विराटनगर स्थित ग्रीनल्याण्ड सेकेण्ड्री स्कुलले राष्ट्रिय स्तरको छात्रवृती प्राप्त गर्न सफल आफ्ना ३९ जना विद्यार्थीको विहिवार एक कार्यक्रम आयोजना गरि सम्मान तथा अभिनन्दन गरेका छन् ।
सम्मानित हुनेहरु मध्यै एमबिबिएसमा नाम निकाल्न सफल ५ जना, बिएस्सी नर्सिग तर्फ ६, बि फार्मेसी तर्फ २, इन्जीनयरिङ्ग तर्फ १३, बिएमएलटी तर्फ ६, बिएस्सी एजी तर्फ ३, बिभी एस्सी तर्फ १ र बिबिएमा पुर्ण छात्रबृती तर्फ नाम निकाल्ने ३ जना रहेको विद्यालयका प्रचार्य दिपक पोखरेलले जानकारी गराए ।
२०७१ साल देखि नयाँ संरचना र व्यवस्थापनमा संचालित यस विद्यालयलका विद्यार्थीहरुले स्थापना कालदेखि नै निरन्तर रुपमा काठमाण्डौं उपत्यका बाहिर सबभन्दा बढी राष्ट्रिय स्तरको पुर्ण छात्रबृतीमा अध्ययन गर्न सफल भईरहेको विद्यालयका संस्थापक राजिव मिश्रको भनाई छ ।
मिश्रका अनुसार यसका लागि विद्यार्थीहरुलाई कक्षा ११ देखि नै एमबिबिएस तथा इन्जीनियरिङ्ग प्रवेश कक्षाको तयारी गराईन्छ । यसका अतिरीक्त व्यवस्थापन संकाय तर्फ सी–म्याटका अतिरीक्त कक्षाहरु मार्फत समेत विद्यार्थीहरुलाई शुरुदेखिनै तयार पार्ने गरिएको संस्थापक मिश्र बताउँछन् ।
सम्मान तथा अभिनन्दन कार्यक्रममा सम्मानित विद्यार्थीहरुलाई खादा सम्मान पत्र एवम फुलमाला लगाएर सम्मानित गरिएको थियो ।