क्रान्ति क्रेन्द्र सम्वाददाता
राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका-१ बरहीमा मंगलबार एक कार्यक्रम बिच गाउँपालिकाका अध्यक्ष विद्यान्नद चौधरीले सभा हलको शिलान्यास गरेका छ ।
अगामी आर्थिक बर्षमा निर्माण काम सप्पन्न हुने गरि लक्ष्यका साथ बरहीका राम जानकी मन्दिर प्राङ्गणमा सभा हलको शिलान्यास गाउँपालिका अध्यक्ष चौधरीले गरेका हुन ।
गाउँपालिकाको १२ लाखको लागतमा एक तल्ले सभा (कन्फ्रेन्स) हल भवन निर्माण हुन लागेका अध्यक्ष चौधरीले जानकारी दिए ।
सभा (कन्फरेन्स) हल निर्माण पछि यहाँका घरपरिवारले सार्वजनिक सरोकारका बिषयमा प्रत्यक्ष लाभ लिने सक्ने स्थानीय शंकर रायले बताए ।
सो कार्यक्रममा वडा अध्यक्ष ललन प्रसाद यादव, कार्यपालिका सदस्य तिर्थ नारायण राय, स्थानीय हरिकिसुन राय, रवी राय, प्रभु नारायण राय, शंकर राय लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।