क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नं. ५ का वडाअध्यक्ष सब्दुल मियाँ घुससहित रंगेहात पक्राउ परेका छन् । मंगलबार सेवाग्राहीबाट पचास हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित उनलाई अख्तियारले नियन्त्रणमा लिएको हो ।
भवन निर्माण सम्पन्न भएको सिफारिस दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटेको टोलीले उनलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।