क्रान्ति केन्द्र सम्वाददाता
नागरिकता ऐन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अल्पकालीन अन्तरिम आदेश विरुद्ध सोमबार मधेशवादी दलहरुले राजविराजमा प्रदर्शन गरेका छन् ।
जसपा, लोसपा र जनमत पार्टीका नेताकार्यकर्ताहरुले नागरिकतामाथी षड्यन्त्र गर्न पाइँदैन, नेपाली नागरिकलाई नागरिकता विहिन गर्न पाइँदैनलगायतका नाराबाजी गर्दै सोमबार साँझ नगर परिक्रमा गरेका छन् ।
जनआन्दोलन चौकमा कोणसभालाई सम्बोधन गर्दै बक्ताहरुले नागरिकता विधेयक कार्यान्वयनमा षड्यन्त्र गरिए शसक्त आन्दोलनमा उत्रिने चेतावनी समेत दिए ।