क्रान्ति केन्द्र सम्वाददाता
महाभारतमा शकुनीको भूमिका निर्वाह गरेर प्रख्यात बनेका अभिनेता गुफी पेंटलको सोमबार बिहान निधन भएको छ । उनको ७८ वर्षको उमेरमा निधन भएको हो । हृदय र मृगौला सम्बन्धी समस्या उनी ८ दिनदेखि मुम्बईस्थित अँधेरी अस्पतालमा भर्ना भएका थिए । भारतका संचार माध्यमहरुले उनको मृत्युको खबर पुष्टि गरेको छ ।