क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीमा अत्याधिक गर्मी बढ्दा राजविराज, डाक्नेश्वरी, हनुमाननगर कंकालिनी, कञ्चनरुप नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकले सामुदायिक तथा संस्थागत विद्यालयहरुमा विदा दिएको घोषणा गरेको छ ।
यी पालिकाहरुले बिहिबार सुचना जारी गर्दै ५ दिनको लागि विदा दिएको घोषणा गरेको छ ।
हनुमाननगर कंकालिनी नगरपालिकाले जेठ २१ गतेदेखि २६ गतेसम्मको लागि विद्यालय बन्द गर्न सुचना जारी गरेको छ भने अन्य चारवटाले १९ गतेदेखि २३ गतेसम्म विद्यालय बन्द गर्ने बताएका छन् ।
पछिल्लो समय सप्तरीमा तापक्रम अत्याधिकै बढेको छ ।