क्रान्ति केन्द्र सम्वाददाता
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । अघिल्लो संघीय संसदबाट पारित भएको नागरिकतासम्बन्धी विधेयकलाई राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।
संसद्का दुवै सदनले पारित गरेको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइनन् । त्यही विधेयक ९ महिनापछि प्रमाणीकरण भएको हो ।