क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीमा हत्या गरेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख २४ गते राजविराज नगरपालिका – ४ बजरंग चोकस्थित भएको बलान बिहुल गाउँपालिका – ५ की स्व. शिव कुमार यादवको श्रीमती ४१ बर्षकी सोनिता देवी यादवको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राजविराज नगरपालिका- ६ पुर्णीपोखरी टोल बस्ने ४२ वर्षको शंकर शर्मा रहेका छन् ।
बालानबिहुल गाउँपालिका घर भए राजविराज स्थित डेरा लिई बस्दै आएकी सोनिता र शंकर लिभिङ टुगेदर सम्बन्धमा रहँदै आएका थिए ।
सोनिताको अरु कसैसँग सम्बन्ध रहेको भन्ने बिषयमा शंकर र सोनिताबिच बैशाख २३ गते राति विवाद भएको थियो ।
विवादमा शंकरले सोनितालाई धकेल्दा उनी खाटको किनारामा ठोक्किन पुगेकी थिइन् । पछि शंकरले सोनिताको घाटीमा वेरीएको सललाई जोडले कसेर उनको हत्या गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
हत्यापछि फरार शंकरलाई खोजतलासका क्रममा बैशाख २६ गते तिलाठी कोईलाडी गाउँपालिका – १ को एरियामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
ज्यान सम्वन्धि कसुरमा सम्मानित सप्तरी जिल्ला अदालतबाट म्याद लिई उनिमाथि अनुसन्धान प्रकृया अगाडी वढाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।