क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको सदरमुकाम राजबिराजमा स्रोत नखुलेको भारतीय रकम सहित एक जना पक्राउ परेको छ ।
आइतबार राति राजविराज–७ स्थित गजेन्द्र चौकमा रोकी राखिएको स १ त १३७४ नम्बरको पिकअप लाई जाँच गर्दा स्रोत नखुलेको भारतीय पाँच सय दरका ४ सय थान नोट (दुई लाख भारतीय रुपैयाँ) बरामद गरिएको सप्तरी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेश कुमार सिंहले जानकारी दिए ।
गाडी, रकम र गाडी चालक राजविराज नगरपालिका -९ मलेठका श्याम सुरेश यादवलाई नियन्त्रणमा लई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको प्रवक्ता सिंहले जनाए ।