क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका-४ मा पुन: एक शव फेला परेको छ ।
शुक्रवार हनुमाननगर कंकालिनी-४ गंगापुर टोलदेखि पश्चिम खेतमा उक्त शव फेला परेको हो ।शव भक्तपुरको सुडाल-५ का ४६ वर्षीय बलराम पाण्डेको रहेको ईलाका प्रहरी कार्यालय कन्चनपुरका डिएसपी दिपक रायले जानकारी दिए ।
शवलाई पोस्टमार्टमका लागि गजेन्द्रनारायण अस्पताल राजविराज पठाएको तथा घटनाबारे थप अनुसन्धान भईरहेको डिएसपी रायले जानकारी दिए । यसअघि सोमबार सोही वडामा एक युवकको शव भेटेको थियो ।