क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीमा करेन्ट लागेर शुक्रबार एक विद्यार्थीको मृत्यु भएको छ । राजविराज नगरपालिका-५ बस्ने लक्ष्मण यादवको छोरा १५ बर्षीय पेसल यादवको मृत्यु भएको छ ।
शिव्स ईन्टरनेशनल बोर्डिङ स्कुल राजविराजमा कक्षा १० मा अध्यनरत पेसलले शुक्रबार स्कुलमा हुने हाउस वाइज खेलमा स्पीकर सेट गर्न एघार हजार भोल्टमा हुकिङ गर्दा करेन्ट लागेको प्रत्यक्षदर्शीको भनाई छ ।
करेन्ट लागेर उपचारको लागि छिन्नमस्ता अस्पाताल ल्याएको उनलाई चिकित्सकले मृत घोषणा गरेको छ । उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा पोष्टमार्टम भइरहेको छ ।