Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

सप्तरीमा बालबालिकाद्वारा सडक नाटक प्रदर्शन

सप्तरीमा बालबालिकाद्वारा सडक नाटक प्रदर्शन

 

क्रान्ति केन्द्र सम्वाददाता

 

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकाको विभिन्न वडाका टोलहरुमा बालबालिकाहरुले दुई दिनदेखि लगातार सडक नाटक प्रर्दशन गरिरहेका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको सहयोगमा जनता माध्यमिक विद्यालय रामपुर जमुवा र रामदयाल माध्यमिक विद्यालय सखुवा कचन्दाहाकाका बालिबालिकाले सडक नाटक प्रदर्शन गरिरहेको हो ।

बैरयाही टोल, मिलन चौक, सदा टोल, शिव चौक, शम्भुनाथ मेला लगायतमा सडक नाटक प्रदर्शन गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक बरुण बस्यालले जानकारी दिए ।

नाटक मञ्चन गर्दै बालबालिकाहरु ।

इन्सेकद्वारा विद्यालयमा गठित बाल अधिकार सचेतना समूहका बालबालिकालाई सडक नाटकको तालिम दिएपछि उनीहरु स्वयम् बाल श्रम, बाल विवाह, महिला हिंसा र लागु औषधविरूद्ध सडक नाटक प्रदर्शन गर्न थालेका हुन् । बाल कलाकारहरूले समाजमा महिला हिंसाको स्वरूप, बाल श्रम गर्न वाध्य हुने अवस्था, बालविवाह र लागु औषधले पार्ने असर समाबेस गरी सडक नाटक प्रदर्शन गरिरहेका छन् ।

गरिब, दलित समुदायमा शिक्षा र सचेतनाको कमीकै कारण हिंसा बढी हुने गरेको भन्नु हुँदै शम्भुनाथ नगरपालिका–१० का पूर्व वडा अध्यक्ष पतिराम सदाले सशक्तिकरण र सचेतनामुलक कार्यक्रमहरू गाउँगाउँमा लैजानु आवश्यक रहेको बताए ।

मानव अधिकार निगरानी समूहका सचिव रामनारायण मण्डलले कलिलो उमेरदेखि नै बालबालिकाकै माध्यमबाट समाजमा रहेको बिकृती एवम् बिसङ्गतीलाई हटाउन खोज्नु बढी लाभदायी भएको बताए । मानव अधिकारको प्रत्याभूतिका लागि सरोकारवाला निकायलाई झक्झकाउन सडक नाटक प्रभावकारी हुने गरेको उनको भनाई थियो ।

सडक नाटकमा शंकरकुमार साह, करिना सरदार, जयप्रकाश दास, रोशन पाल, पशुपति चौधरी, अच्छे सरदार, मिथलेश साह, राजकुमारी मण्डल, सुर्य पाल, काजल मण्डल, प्रितिका कुमारी चौधरी, श्रवण मण्डल, आशाकुमारी मण्डल, प्रिता चौधरी, सुरज चौधरी, करण चौधरी, हेमन्त चौधरी र सचिदानन्द चौधरी सहभागी रहेका थिए ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

Natraj Technology advertisement

ताजा समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology