क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–४मा सोमबार बिहान घाँटी रेटी हत्या गरिएको अर्धनग्न अवस्थामा एक जनाको शव फेला परेको छ ।
टेलरिङ फयाक्ट्रीको पछाडि अन्दाजी २०/२२ वर्षीय पुरुषको घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
अहिले सम्म शवको पहिचान हुन सकेको छैन् । प्रहरी घटनास्थलमा खटेर अनुसन्धान सुरु गरेको छ ।