क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीको राजविराजमा अनेरास्ववियु र राष्ट्रिय युवा संघको आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ । मदन-आश्रित स्मृति दिवसको अवसरमा बुधबार गजेन्द्र नारायण सिंह अस्पतालस्थित रेडक्रस कार्यालयमा एक कार्यक्रम बिच नेकपा एमालेका नेता दुर्गानन्द ठाकुर, लक्ष्मण यादव, शिवराम ठाकुर, अनेरास्ववियुका मनिसा साह, भवानी ठाकुर,सचिन्द्र यादव र सुर्य कुमार रजक लगायत १७ जनाले रक्तदान गरे ।
रक्तदान पश्चात कार्यक्रमको प्रमुख अतिथि पोलिटब्युरो सदस्य सुमन राज प्याकुरेलको अगुवाईमा उनीहरूले उक्त अस्पातालको इमर्जेन्सी वार्डमा रहेका ४० जना बिरामीहरुलाई फलफूल समेत वितरण गरे ।
अनेरास्ववियु सप्तरीको अध्यक्ष रंजिव साहको अध्यक्षतामा आयोजित कार्यक्रममा एमालेका नेता ताराकान्त चौधरी, अब्दुल मजिद सकिर, अखिलेश झा, देवनाथ यादव, अनिल झा, बरिष्ठ पत्रकार तथा अधिकारकर्मी मनोहर पोखरेल लगायतका व्यक्तिहरुको उपस्थिति रह्यो ।
२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा तत्कालीन एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो ।
उनीहरूकै सम्झनमा हरेक वर्ष जेठ ३ गते मदन–आश्रित स्मृति दिवस मनाउने गरिन्छ ।