Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

सर्वोच्च अदालतद्वारा रेशम चौधरीको जन्मकैद सजाय सदर

सर्वोच्च अदालतद्वारा रेशम चौधरीको जन्मकैद सजाय सदर

क्रान्ति केन्द्र सम्वाददाता

सर्वोच्च अदालतले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसला नै सदर गरेको छ ।

सर्वोच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला गरेको सर्वोच्चका प्रवक्ता विमल पौड्यालले जानकारी दिए ।

२०७२ भदौ ७ गते कैलालीको टिकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी र एक जना नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनाका आरोपित रेशम चौधरी जन्मकैदको सजाय काटिरहेका छन् । उनलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको थियो ।

उच्च अदालतको फैसलाविरुद्ध चौधरीले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । उक्त मुद्दा सोमबार नियमित सुनुवाइका लागि पेशी तोकिएको थियो । न्यायाधीशद्वयको इजलासले मुद्दाको सुनुवाइ नसकिएपछि मंगलबार समेत त्यसलाई निरन्तरता दिएको हो ।

मंगलबार इजलासले चौधरीविरुद्ध उच्च अदालतको फैसला मिलेकै देखिएकाले जन्मकैदको फैसला सदर हुने ठहर गरेको हो । चौधरीले यो मुद्दामा २० वर्ष कैद सजाय पूरा गर्नुपर्नेछ ।

यो मुद्दामा जिल्ला अदालत कैलालीले तीन वर्ष कैद सजायको फैसला गरेका लक्ष्मण चौधरीलाई पनि उच्च अदालत दिपायलले जन्मकैदको सजाय तोकेको थियो । सर्वोच्चले उनलाई भने जन्मकैद नहुने र जिल्ला अदालतकै फैसला अनुसार ३ वर्षमात्र कैद सजाय हुने ठहर गरेको छ ।

सर्वोच्चले यही घटनामा सीताराम चौधरी र गंगाराम चौधरीलाई भने सफाइ दिएको छ । उच्च अदालत दिपायलले उनीहरुलाई जन्मकैद र ज्यान मार्ने उद्योगको आरोपमा ५/५ वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।

सर्वोच्च अदालतले संक्षिप्त फैसलामा भनेको छ, ‘अरु प्रतिवादीहरुको हकमा अभियोग दावीबाट सफाई पाउँ भन्ने पुनरावेदन जिकिर पुग्न सक्दैन ।’

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सप्तरीका भारतसँग जोडिएको नाका तीन‌ दिन बन्द हुने

सप्तरीका भारतसँग जोडिएको नाका तीन‌ दिन बन्द हुने

मौलिक हकबाट वञ्चित लोखरमका मुसहर बस्तीका बासिन्दा

मौलिक हकबाट वञ्चित लोखरमका मुसहर बस्तीका बासिन्दा

लोखरममा फैलिएको हैजा संक्रमण पुष्टि

लोखरममा फैलिएको हैजा संक्रमण पुष्टि

विओपी छिन्नमस्ताको पहलमा हैजा पीडित परिवारवारलाई आर्थिक सहयोग

विओपी छिन्नमस्ताको पहलमा हैजा पीडित परिवारवारलाई आर्थिक सहयोग

अग्निसाइरका अध्यक्षले राजीनामा दिएको बिषय अस्विकारे

अग्निसाइरका अध्यक्षले राजीनामा दिएको बिषय अस्विकारे

स्वास्थ्यमन्त्रीलाई जेन–जी सप्तरीको ज्ञापनपत्र

स्वास्थ्यमन्त्रीलाई जेन–जी सप्तरीको ज्ञापनपत्र

Natraj Technology advertisement

ताजा समाचार

सप्तरीका भारतसँग जोडिएको नाका तीन‌ दिन बन्द हुने

सप्तरीका भारतसँग जोडिएको नाका तीन‌ दिन बन्द हुने

मौलिक हकबाट वञ्चित लोखरमका मुसहर बस्तीका बासिन्दा

मौलिक हकबाट वञ्चित लोखरमका मुसहर बस्तीका बासिन्दा

लोखरममा फैलिएको हैजा संक्रमण पुष्टि

लोखरममा फैलिएको हैजा संक्रमण पुष्टि

विओपी छिन्नमस्ताको पहलमा हैजा पीडित परिवारवारलाई आर्थिक सहयोग

विओपी छिन्नमस्ताको पहलमा हैजा पीडित परिवारवारलाई आर्थिक सहयोग

गजेन्द्रनारायण सिंह अस्पतालमा निमित्त मेसु नपठाउन स्वास्थ्यमन्त्रीलाई जेन–जी सप्तरीको ज्ञापन

गजेन्द्रनारायण सिंह अस्पतालमा निमित्त मेसु नपठाउन स्वास्थ्यमन्त्रीलाई जेन–जी सप्तरीको ज्ञापन

अग्निसाइरका अध्यक्षले राजीनामा दिएको बिषय अस्विकारे

अग्निसाइरका अध्यक्षले राजीनामा दिएको बिषय अस्विकारे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology