प्रवेश कुमार बाबुल
सप्तरीको रुपनी गाउँपालिका–१ रायपुरस्थित सडक छेउमा आइतवार विहान एक युवकको शव फेला परेको छ । सप्तरीको शम्भुनाथ नगरपालिका–२ खैरबनाका मो.लुकमानको २१ वर्षीय छोरा मो.तफेजुलको शव फेला परेको हो ।
शनिवार बेलुका घरबाट निस्केका मो.तफेजुल आइतवार विहान अर्ध नग्न अवस्थामा मृत फेला परेको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । ‘प्रारम्भिक हेर्दाखेरी झगडा गरेको जस्तो पनि देखिएको छैन्, दुर्घटना भएको हो की ? यद्यपी, अहिले नै भन्नसकिँदैन’, उनले भने ।
उनले घटनाबारे तालिम प्राप्त कुकुरको सहायताले सुक्ष्म अनुसन्धान थालिएको बताए ।
मृतकको आफन्तले हत्या गरिएको भन्दै संलग्नलाई कानूनी दायरामा ल्याउन माग गरेका छन् ।