क्रान्ति केन्द्र सम्वाददाता
जिल्ला प्रशासन कार्यालय सप्तरीले मिटर ब्याज पीडितलाई समय अवधि भित्र निवेदन दिन आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले मंगलबार सुचना जारी गर्दै मिटर ब्याज पीडितहरुलाई भएसम्मका सवुद प्रमाणसहितको ब्यहोरा खुलाई जिल्ला प्रशासन कार्यालय सप्तरीमा संचालनमा रहेको मिटर ब्याज पीडित सहायता कक्षमा निवेदन दिन आग्रह गरेको छ ।
अनुचित लेनदेन (मिटर ब्याजी) सम्बन्धी जाँचबुझ आयोग २०७९ले निवेदन दिने समयअवधि बैशाख १७ गते देखि बैशाख ३१ गते सम्म तोकेको जनाइएको छ । विगत (पुरानो)मा निवेदन दिएकालाई पनि पुन: निवेदन दिन सुचित गरिएको व्यहोरा पत्रमा उल्लेख छ ।