क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीको कन्चनरुप नगरपालिका-२ मा बिहिबार ईलाका प्रहरी कार्यालय कन्चनपुरको आयोजनामा चोरी सम्बन्धी जनचेतना मुलक कार्यक्रम गरिएको छ ।
ईलाका प्रहरी कार्यालय कन्चपुरका सई मुकेश कुमार सिंहको नेतृत्वमा समुदायिक प्रहरी साझेदारी कार्यक्रम अबधारणा अन्तरगत स्थानिय बासीहरु सहभागीमा सो कार्यक्रम सम्पन्न भएको हो ।
अहिलेको परिस्थितिमा दिनानुदिन चोरीको घटनामा वृद्धि हुने गईरहेकोमा त्यसलाई नियन्त्रण गर्न सामुदायिक प्रहरीको आयोजनामा जनचेतनामूलक कार्यक्रम मार्फत सबैलाई ध्यानाकर्षण गराएको सिंहले बताए ।
घरबाट कतै सबैजान जानुपर्नेमा समाजिक सन्जालमा त्यस्तो कुराहरु पोष्ट तथा जानकारीहरु नदिनु, रातिको समयमा अनभिज्ञ मान्छे देखापरेमा तुरन्त नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्नु वा १०० नम्बरमा कल गर्नु, रातिको समयमा कहिले पनि सबैजना घरमा ताल्चा लगाएर कतै नजानु लगायतका विषयहरु जनचेतना मूलक कार्यक्रम मार्फत समाजलाई जानकारी दिएको सई सिंहले बताए ।
सो जनचेतना मूलक कार्यक्रममा प्रहरी, स्थानीय भद्रभलादमी, महिला बालबालिका लगायतको उपस्थिति रहेको थियो ।