क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीमा वैदेशिक रोजगारीको क्रममा ठगीएको तीन जनाको ४ लाख ७० हजार रुपैयाँ फिर्ता भएको छ ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको पहलमा उक्त रकम फिर्ता भएको जनाइएको छ ।
जिल्लाको तिरुहुत गाउँपालिका-५ महेश कुमार मण्डलको पत्नी गंगा वती देवी मण्डललाई १ लाख ६५ हजार, देव कुमार मण्डलको पत्नी रामवती कुमारी मण्डललाई १ लाख ६५ हजार र श्याम कुमार मण्डलको पत्नी लिलम देवी मण्डललाई १ लाख ४० हजार रकम फिर्ता गराइएको हो ।