क्रान्ति केन्द्र सम्वाददाता
उपनिर्वाचनमा बारा– २ बाट निर्वाचित जसपाका अध्यक्ष उपेन्द्र यादवले सांसद पदको शपथ लिएका छन् । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवलाई सभामुख देवराज घिमिरेले आज सिंहदरबारमा पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।
वैशाख १० मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा बारा-२ बाट उपेन्द्रले २८ हजार ४ सय १५ मतसहित निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले पराजित गरी विजयी भएका थिए ।
उपनिर्वाचनमा चितवन-२बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र तनहुँ-१बाट निर्वाचित स्वर्णिम वाग्लेले वैशाख १५ गते सांसद पदको शपथ लिएका थिए । यादव भने बारामै रहेकाले त्यसबेला उनको शपथ ग्रहणको कार्यक्रम भएको थिएन । यादव हिजो सप्तरी आएका थिए । आज काठमाडौंमा उनले सपथ लिएका छन् ।