क्रान्ति केन्द्र सम्वाददाता
राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचार गर्दा लागेको खर्च आफैले व्यहोर्ने भएका छन् ।
राष्ट्रपति पौडेलको स्वकीय सचिवालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपालमा उपचार गर्दा स्वास्थ्यमा सुधार नभएपछि चिकित्सकको सल्लाह अनुसार राष्ट्रपति उपचारका लागि भारत जानुपरेको उल्लेख गरेको छ ।
उता भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचाररत राष्ट्रपतिले खर्च आफैले व्यहोर्न चाहेको उनको सचिवलयले जनाएको छ ।