क्रान्ति केन्द्र सम्वाददाता
बैशाख १० गते उपनिर्वाचनमा बारा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि सोमबार पहिलो पटक उपेन्द्र यादव सप्तरी आएका छन् ।
सप्तरी आएसँगै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मलेठस्थित शहिद स्मारकमा माल्यार्पण गर्दै शहिदहरूप्रति सम्मान व्यक्त गरेका छन् ।
त्यहाँबाट फर्किएर राजविराजस्थित स्व.गजेन्द्रनारायण सिंहको स्मारकमा अध्यक्ष यादवसहितका नेता कार्यकर्ताहरुले फूलमाला अर्पण गरेका छन् ।

उनीसँगै शहिद स्मारकमा पुगेका पार्टीकी केन्द्रीय कार्यकारिणी समिति सदस्य रेणु यादव, पार्टीका राजनीतिक समितिका सदस्य अमरनाथ मण्डल, केन्द्रीय सदस्य भिमराज यादव, मधेश प्रदेश समितिका मुख्य सचिव दिनेशकुमार यादव, जिल्ला सचिव हरेरामप्रसाद यादव, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिव तारकेश्वर यादव र केन्द्रीय सदस्य श्यामकुमार यादव लगायतले पनि शहिद स्मारकमा पुगी फूलमाला अर्पण गरेका छन् ।
उपनिर्वाचनमा जसपा अध्यक्ष यादव बारा-२बाट २८ हजार ४१५ मत प्राप्त गरी निर्वाचित भएका हुन् । मंसिर ४ गतेको निर्वाचनमा सप्तरी -२बाट उनी हारेका थिए ।















