Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा तिलाठी कोइलाडी र रुपनी विजयी

मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा तिलाठी कोइलाडी र रुपनी विजयी

 

क्रान्ति केन्द्र सम्वाददाता

हनुमाननगर कंकालिनी नगरपालिकाद्वारा सञ्चालित मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा तिलाठी कोइलाडी गाउँपालिकाले विजयी शुरुवात गरेको छ । बुधबार सम्पन्न दुई खेलमा तिलाठी कोइलाडीले कञ्चनरुप नगरपालिकाको टिमलाई ९१ रनले र रुपनी गाउँपालिकाको टिमले हनुमाननगर कंकालिनी नगरपालिकाको ब्लु टिमलाई ४ विकेटले पराजित गरेको छ ।

पहिलो खेलमा टस जितेर ब्याटिङ्ग गरेको तिलाठी कोइलाडीको टिमले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १७९ रन बनाएको थियो । जसमा अमित मण्डल र साकेत सिंहले विष्फोटक बल्लेबाजी गर्दै अर्धशतक प्रहार गरेका थिए । अमितले ४३ बलमा ५ छक्का र ५ चौकाको मदतले सर्वाधिक ६४ रन बनाए भने साकेत सिंहले ४९ बलमा चार छक्का र तीन चौका प्रहार गर्दै ५० रन बनाए । अन्तिमतिर ब्याटिङ्ग गरेका विकास दास(पोलार्ड) ले १६ बलमा दुई छक्का र एक चौकाको मद्तले अविजित २१ रन बनाए । यसैगरी ओपनर रोहन विश्वकर्माले विष्फोटक बल्लेबाजी गर्दै १५ बलमा ३ छक्का र ४ चौकाको मद्तले ३५ रनको योगदान दिए ।

कञ्चनरुपका लागि असलम शेख, मुकेश सिंह, मुकेश रौनियार र उमेश चौधरीले समान १/१ विकेट लिएका थिए ।
जितको लागि १८० रन पछ्याउने क्रममा तिलाठी कोइलाडीका कप्तान दिपेश सरदारको घातक बलिङ्ग सामु निरीह सावित हुँदै कञ्चनरुपको टिम १५ ओभर ४ बलमा ८८ रनमा अलआउट भयो ।

दिपेश सरदारले ४ ओभरमा १३ रन खर्चेर ६ विकेट लिए भने विकास दास र रोविन सिंहले २/२ विकेट लिए । कञ्चनरुपका लागि महानन्द यादवले सर्वाधिक ४८ रन बनाए भने मदन चौधरीले १४ रन बनाउनु बाहेक कुनै पनि खेलाडी दोहोरो अंकमा प्रवेश गर्न सकेनन् । उक्त खेलमा तिलाठी कोइलाडीका दिपेश सरदारलाई म्यान अफ द म्याचको ट्रफी हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिमोहन सुतिहारले प्रदान गरे । यसैगरी ६ विकेट लिए वापत वडा नं. ४ का वडा अध्यक्ष मौली कुमार मण्डलले बल प्रदान गरे ।

दोस्रो खेलमा रुपनी गाउँपालिकाको टिमले हनुमाननगर कंकालिनी नगरपालिकाको ब्लु टिमलाई ४ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ्ग गरेको ब्लु टिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ११३ रन जोडेको थियो । ३४ रनमा ५ विकेट गुमाएको अवस्थामा ब्लु टिमका कप्तान दिपक भुजेलले शानदार बल्लेबाजी गर्दै ४ छक्का र ४ चौकाको मद्तले ३५ बलमा अविजित ५५ रन बनाएपछि ब्लु टिमले सम्मानजनक स्कोर बनाउन सक्यो । ब्लु टिमका लागि अमित मण्डलले १६ तथा दुर्गा मण्डलले १२ रन बनाउनु बाहेक कुनै पनि खेलाडि दोहोरो अंक बनाउन सकेनन्
रुपनी गाउँपालिकाको टिमका लागि विकास दास र इमरान शेखले २/२ विकेट लिए भने राशिद खान, सुनिल धमला र अशोक मेहताले १/१ विकेट लिए ।
जितको लागि ११४ रनको लक्ष्य रुपनी टिमले १६ ओभर ३ बलमा ६ विकेट गुमाई हासिल गर्यो । रुपनीका लागि विकास दासले सर्वाधिक ४२ रन बनाए भने राशिद खाले विष्फोटक बल्लेबाजी गर्दै १२ बलमा ४ छक्का र १ चौकाको मद्तले ३३ रन बनाए । यसैगरी महेश माझीले १८ रनको योगदान दिंदै आफ्नो टिमलाई जिताउन सफल भए ।
हनुमाननगर कंकालिनी ब्लु टिमका लागि त्रिभुवन मण्डल र सुजित मण्डलले २/२ तथा रविन यादवले १ विकेट लिए । रुपनी टिमका स्टार बल्लेबाजहरु सुनिल धमला र इमरान शेख आ आफ्नो पहिलो बलमै आउट भए । उक्त खेलमा रुपनीका विकास दासलाई म्यान अफ द म्याच प्रदान गरियो ।
विहिबारको पहिलो खेल तिलाठी कोइलाडी गाउँपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाको रेड टिमबीच तथा दोस्रो खेल छिन्नमस्ता गाउँपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाको ब्लु टिम बीच हुने हनुमाननगर कंकालिनी नगरपालिकाका सूचना प्रविधि अधिकृत अमित पाठकले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

दीपप्रकाश आ भावज्योति के पंचपर्व

मोक्षदा एकादशी आ गीता जयंती : आत्मविकासक समग्र मार्ग

दीपप्रकाश आ भावज्योति के पंचपर्व

मिथिलाक कृषि-संस्कृति : नवान्न 

हैजा प्रभावित टोलमा निरन्तर स्वास्थ्यकर्मी

हैजा प्रभावित टोलमा निरन्तर स्वास्थ्यकर्मी

ऊँ श्रृजन कृषि सहकारीको पूर्ण महिला नेतृत्व चयन

ऊँ श्रृजन कृषि सहकारीको पूर्ण महिला नेतृत्व चयन

लोखरममा फैलिएको हैजा संक्रमण पुष्टि

लोखरममा फैलिएको हैजा संक्रमण पुष्टि

गजेन्द्रनारायण सिंह अस्पतालमा निमित्त मेसु नपठाउन स्वास्थ्यमन्त्रीलाई जेन–जी सप्तरीको ज्ञापन

गजेन्द्रनारायण सिंह अस्पतालमा निमित्त मेसु नपठाउन स्वास्थ्यमन्त्रीलाई जेन–जी सप्तरीको ज्ञापन

Natraj Technology advertisement

ताजा समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology