क्रान्ति केन्द्र सम्वाददाता
प्रतिनिधिसभा सदस्यको उपचुनावमा बारा–२ मा ज जसपाका उम्मेदवार उपेन्द्र यादवले २० हजार मत कटाएका छन् । ५० हजार १६१ मत गन्दा यादवले २० हजार ४६३ मत प्राप्त गरेका छन् ।
जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १७ हजार ७९८ मतकासाथ उनलाई पछ्याइरहेका छन् । नेकपा एमालेका पुरुषोत्तम पौडेलले ६ हजार १२१ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार ४६६ मत प्राप्त गरेका छन् ।
बारा–२ मा जम्मा ६९ हजार १०७ मत खसेको छ ।