क्रान्तिकेन्द्र सम्वाददाता
चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने पुनः भारी मतले विजयी भएको छ । खसेको मत मध्ये करिब ६९ प्रतिशत भन्दा बढी मत सहित विजयी भएका छन् ।
लामिछानेको पक्षमा कुल ५४ हजार १७६ मत खसेको छ, भने उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जीत नारायण श्रेष्ठका पक्षमा कुल ११ हजार २ सय १४ मत ल्याएका छन् ।
त्यसैगरी नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याएका छन् । कुल ७८ हजार २७७ मत खसेको थियो ।
गत मंसिर ४ मा भएको निर्वाचनमा ८४ हजार ३१५ मत खस्दा रवि लामिछाने ४९ हजार २९६ मत ल्याएर विजयी भएका थिए । अघिल्लो निर्वाचनमा भन्दा कम मत खसे पनि लामिछानेले मत र मतान्तर बढी आएको हो । पहिलेभन्दा खसेको मत कम भएपनि यसपटक लामिछानेले भने पहिलेभन्दा ४ हजार ९१२ मत बढाएका छन् ।
कांग्रेस र एमालेले पहिलाका मत समेत जोगाउन सकेनन् ।